सिप्रदीको नयाँ सर्भिस थ्योरी: पहाडमा मोबाइल भ्यान, राजमार्गमा सुविधासम्पन्न सर्भिस सेन्टर




काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सर्भिस सेन्टर विस्तारमा मात्र अर्बौं रुपैयाँ लगानी विस्तार गर्ने भएको छ ।

विगत दुई वर्षयता सिप्रदीले देशभर सर्भिस सेन्टर विस्तारमा साँढे २ अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी गरिरहेको छ । सिप्रदीको निर्माणधिन सर्भिस सेन्टरहरु मुख्य गरि महेन्द्रराजमार्ग आसपास र काठमाडौं तथा पोखरा केन्द्रीत रहेको छ । पूर्वदेखि पश्चिम सम्म सवै मुख्य शहरमा सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गर्ने सिप्रदीको योजना रहेको छ ।

‘अहिले हामीले सर्भिसको क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका छौं,’ टाटा गाडीको नेपालका लागि अधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन श्रेष्ठले भने ।

उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले सर्भिस सेन्टरहरु विस्तार गरेको उनको भनाइ छ ।

सिप्रदीले सर्भिसका लागि वर्कसपमा ठूलो लगानी गरेका छ । देशका मुख्य सहर तथा हाइवे लाइनमा वर्कसप बनाइ रहेको छ ।

सिप्रदीले विर्तामोडमा भएको सानो वर्कसपलाई विस्तार गरेर ठूलो बनाइ रहेको छ । यसका सथै ढल्केबर तथा विरगन्जमा पनि विस्तार भइरहेको छ । विरगन्जमा भएको सर्भिस सेन्टरले त्यस आसपासका क्षेत्रलाई समेट्न नसक्ने हो कि भनेर सिमरामा समेत बनाउँदै गरेको श्रेष्ठले जानकारी दिए ।

हेटौंडामा भएको वर्कसप सानो भयो भनेर अर्को वेल इक्युप्ड ठूलो वर्कसप निर्माण भइरहेका छ ।

‘काठमाडौंमा पहिले नैकापमा थियो त्यसपछि बालकुमारीमा पनि थप्यौं,’ उनले भने, ‘उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर बागडोलमा समेत सर्भिस सेन्टर बनेको छ ।’

पोखरामा पनि बनि रहेका छ । त्यसपछि दाङमा बन्दै भने नेपालगन्जमा सायद अहिलेसम्मकै ठूलो टाटाको र्वकसप बन्ने श्रेष्ठको भनाइ छ । सिप्रदीले पश्चिम नेपालको सुर्खेत र धनगढीमा भएको वर्कसपलाई विस्तार गरिरहेका छ । सिप्रदीको सर्भिस सेन्टर विस्तार तीनदेखि ६ महिनामा सम्पन्न हुने कम्पनीको भनाइ छ ।

टाटाले नेपालमा सर्भिसको उपलब्धतालाई केन्द्रमा राखेर काम गरि रहेका छ । टाटाको स्ट्रेन्थ भनेको स्पेयरपार्टस र सर्भिस सबै ठाउँमा उपलब्ध हुनुनै भएको सिइओ श्रेष्ठले बताए ।

‘हामीले प्रविधिमा आएको परिवर्तन अनुरुप ट्रेन्ड म्यानपावर समेत विकास गरिरहेका छौं,’ उनले भने, ‘टाटासंग सिटिइभिटीबाट प्रमाणित विश्वस्तरिय ट्रेनिङ सेन्टर छ । हामी यसमै सिमित छैनौं, ट्रेनिङ सेन्टर काठमाडौंमा छ तर प्राविधिकहरु देशभर छन् । त्यसका लागि हामीले नयाँ कन्सेप्ट ‘ट्रेनिङ अन ह्वील’ ल्याएका छौं ।’ एउटा समुह मार्फत यो योजना अन्तर्गत सबैलाई दक्ष बनाउने टाटाको लक्ष्य हो ।

सिप्रदीले सर्भिसका लागि वर्कसपमा ठूलो लगानी गरेका छ । देशका मुख्य सहर तथा हाइवे लाइनमा वर्कसप बनाइ रहेको छ । यो टाटाको आफ्नै नेटवर्कमा हो । सहरी क्षेत्र का साथै पहाडी क्षेत्रमा सेवा प्रवाहका लागि मोबाइल भ्यान उपलब्ध गराउने समेत श्रेष्ठले जानकारी दिए ।

टाटाले पछिल्लो समय मोबाइल वर्कसप समेत ल्याएको छ । मोबाइल वर्कसपमा वर्कसपका लागि आवश्यक इक्युपमेन्टमात्र बुझिन्छ तर टाटाले स्पेयरपार्टस सहितको मोबाइल वर्कसप बनाएर यसबाट समेत सेवा दिइरहेको जनाएको छ ।


क्लिकमान्डु