मुक्तिनाथको बुक क्लोज साउन २० गते



काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तरण गर्ने हकप्रद सेयरकोलागी साउन २० गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।

बैंकको २०७३ मंसिर ४ गते भएको साधारण सभाले पारित गरे अनुसार १० कित्ता बराबर ४ कित्ताको दरले हकप्रद बितरण गर्ने प्रयोजनकोलागी बुक क्लोज गर्न लागेको हो ।

साथै, बैंकको हकप्रद सेयर निस्काशनकोलागी बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ ।


क्लिकमान्डु