सानिमा बैंकले कमायो १ अर्ब ३२ करोड (वित्तीय विबरणसहित)




काठमाडौं । सानिमा बैंकले आर्थिक बर्ष २०७३/०७४को अपरिष्कृत वित्तीय बिबरण प्रकाशित गरेको छ । आज प्रकाशित बित्तीय बिवरण अनुसार बैंकले १ अर्ब ३२ करोड ९३ लाख खुदनाफा आर्जन गरेको छ ।

चुक्तापुँजी ६ अर्ब ८९ करोड ७६ लाख रहेको यस बैंकले असार मसान्तसम्मा ५७ अर्ब ७५ करोड ४० लाख निक्षेप संकलन गरेको छ । साथै ५१ अर्ब २६ करोड ५४ लाख कर्जा प्रबाह गरेको छ ।

बैंकको प्रतिशेयर खराब कर्जा प्रतिशत अत्यन्त न्युन ०.०१ प्रतिशत मात्र रहेको छ ।


क्लिकमान्डु