पोलिस ब्राण्डको सोरुम दरवार मार्गमा



काठमाडौं । सन १९८३ स्थापित विश्व प्रसिद्ध फेसन ब्राण्ड पोलिसका समाग्रीहरुको आधिकारिक बिक्री केन्द्र दरवार मार्गमा संचालनमा आएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सो सोरुमको एक कार्यक्रमका बीच शुभारम्भ गरिन् । विश्वको अग्रणी फेसन समाग्री उत्पादक राष्ट्र इटाली/थाईल्याण्डमा स्थापित पोलिस ब्राण्डका चश्मा, नाडी घडी, छालाका उत्पादन, जुत्ता चप्पल, टिसर्ट र प्यान्टहरु वयस्क तथा बालबालिकाहरुका लागि उपयुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।

बिश्व चर्चित व्यत्तित्वहरु जर्ज क्लूनी, गाब्रियल बास्टिस्टुटा, डेभिड बेकह्याम, एन्टोनियो ब्याण्डरस, नेयमार जूनीयर लगायतलाई विज्ञापन अभियानमा सरिक गराई सकेको सो ब्राण्ड विश्वव्यापी रुपमा सबैको रोजाई बन्दै आइरहेको बताईएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता एस. जी. इन्टरनेशनल प्रालिले सो आधिकारिक बिक्री केन्द्र संचालनमा ल्याएको हो ।


क्लिकमान्डु