भाडा नतिरेपछि राप्रपा कार्यालयमा लाग्यो ताला



लमजुङ । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ ।

तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन। बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ ।  आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए।

वाग्लेले बेसीशहरमा आज पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको एक लाख ५९ हजार रुपैयाँ लिन बाँकी रहेको बताए। वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको ३० हजार रुपैयाँ, २०७२ सालको ५४ हजार रुपैयाँ, २०७३ सालको ६० हजार रुपैयाँ र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको १५ हजार रुपैयाँ भाडा लिन बाँकी छ ।

राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको बताए।

 


क्लिकमान्डु