अब वडा सदस्य पनि बैंकको संचालक बन्न नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय निकायमा निर्वाचित वडा सदस्यसम्मलाई बैंक तथा वित्तीय संस्थामा संचालक बन्न रोक लगाएको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गर्दै शुसासनमा समस्या हुने भएकोले राष्ट्र बैंकले स्थानीय तहमा निर्वाचित सबै सदस्य,प्रदेशमा र संघिय संसद्मा निर्वाचित प्रतिनिधीलाई संचालक बन्न रोक लगाएको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार  प्रयोग गरेर निर्वाचित सबै प्रतिनिधीलाई बैंक संचालक बन्न रोक लगाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून निर्माण गर्दा संवैधानिक पद धारण गरेको व्यक्तिलाई संचालक बन्न रोक लगाउनुपर्ने प्रस्ताव गरेको थियो । सांसद्हरुले संवैधानिक पदको परिभाषा अर्थ व्यापक भएको भन्दै यसलाई हटाउन माग गरेका थिए ।

बैंक संचालक रहेका सांसद्ले ऐन निर्माणमा हस्तक्षेप गर्ने भएकोले राष्ट्र बैंकले सांसद्लाई बैंक संचालक बन्न रोक लगाउने प्रस्ताव गरेको थियो । तर,राष्ट्र बैंकले निर्देशिका भने सबै निर्वाचित पदाधिकारीलाई बैंक संचालक बन्न रोक लगाएको छ ।

 


क्लिकमान्डु