मोबाइल डाटा अब अनलाइन नै किन्न सकिने



नेपाल टेलिकमका मोबाइल ग्राहकले अब विभिन्न डाटा प्याकेज अब अनलाइननै किन्न सक्ने भएका छन् ।टेलिकमको वेबसाइटमा यस्तो सुविधा थप गरिएको हो ।

यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी (offer.ntc.net.np)मा यसरी डाटा प्याकेज छनौट गर्न सकिने एनटिसीले विज्ञप्ती मार्फत जानकारी गराएको छ । आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नु पर्छ। विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिन्छ । आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्छ ।आफ्नो पीयूके नम्बर थाहा पाउनका लागि १४१५मा एसएमएस गर्न सकिन्छ ।

सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ ।

नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ ।


क्लिकमान्डु