गत आर्थिक वर्षमा दुई अर्ब राजश्व संकलन



भद्रपुर। आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७३/७४ मा दुई अर्ब तीन करोड १५ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले एक अर्ब ७९ करोड ६५ लाख ४७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा २३ करोड ५० लाख ३३ हजार रुपैयाँ राजश्व बढी संकलन भएको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिए ।

आयकरतर्फ ९९ करोड ८९ लाख ४९ हजार रुपैयाँ, बहाल करतर्फ पाँच करोड ९१ लाख १४ हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड ८६ लाख ७९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ६१ करोड ७३ लाख १२ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ २३ करोड ७३ लाख ७५ हजार रुपैयाँ, स्वास्थ्य सेवा करतर्फ तीन करोड ८६ लाख ३६ हजार रुपैयाँ र शिक्षा सेवा करतर्फ एक करोड १५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

 


क्लिकमान्डु