उद्योग वाणिज्य महासंघले भारतीय लगानी भित्र्याउन सम्मेलन गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय लगानी भित्राउनको लागि विशेष लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

महासंघमा नयाँ नेतृत्व आएको १०० दिन भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले असोजसम्ममा लगानी सम्मेलन गर्ने जानकारी दिएको हो ।

नेपालको विदेशी लगानीमा सबैभन्दा बढी हिस्सा ओगट्ने भारतीय लगानी पछिल्लो क्रममा घट्दो क्रममा छ ।

महासंघले भारत नेपाल लगानी सेलको पनि स्थापना गर्ने घोषणा गरेको छ ।

महासंघमा नेतृत्व फेरिएको १०० दिनको अवसरमा मेम्बर हेल्पिङ हटलाइन सेवाको सुरुवात गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले १०० दिनको अवधीमा सरकारसँग धेरैवटा सम्झौता गरेको जानकारी दिइन् ।

यस्तै बृहमत मेला आयोजना गर्ने तथा एफएनसीसीआई प्रेसिडेन्ट कप २०/२० क्रिकेटको आयोजना गर्ने र बार एशोसियनसँग मिलेर व्यवसायीको समस्या समाधान गर्ने जानकारी महासंघले दिएको छ ।

यस्तै महासंघले उत्पत्तिको प्रमाणपत्र(सिओ) अनलाइन प्रणालीबाट जारी गर्ने भएको छ ।


क्लिकमान्डु