फोर्स मोटर्सको आकर्षक एक्सचेन्ज अफर



काठमाडौं । फोर्स मोटर्स लिमिटेडको आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आकर्षक एक्सचेन्ज अफर संचालन गर्ने भएको छ ।

साउन ९ देखि सुरु हुने आकर्षक एक्सचेन्ज अफरमा विशेष योजना रहेको कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकले जस्तो सुकै पुरानो वा थोत्रो गाडीको मूल्य कम्तिमा ५ लाख प्राप्त गर्ने छन् । उक्त रकम समायोजन गरी फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्रुजर जीप वा २६ सिट क्षमता भएको ट्राभलर मिनी वस खरिद गर्न पाउने छन् ।

फोर्स मोटरका गाडीहरु सुपथ मूल्यमा उपलव्ध गराई आफ्नो गाडीको बिक्री संख्या बढाउने उद्देश्यले कम्पनीले ग्राहकहरुलाई यस्तो अफर अगाडी वढाएको हो । कम्पनीले यो अफरमा गाडी खरीद गर्ने ग्राहकलाई एक वर्षको कर छुट, ३ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी,स्पेयर पार्टसमा आजिवन ७ प्रतिशत छुट र सात पटक निशुल्क सर्भिसको सुविधा पाउने छन् ।


क्लिकमान्डु