वान प्लस ५ स्मार्टफोन सार्वजनिक, ८ जीबी र्याम र ड्यूल क्यामरा सेटअप



काठमाडौं। नेपाली बजारमा वान प्लस ५ स्मार्टफोनको अाधिकारिक बितरक आइहब प्रालीले बजारमा निकै चर्चित स्मार्टफोन वान प्लस ५ सार्वजनिक गरेको छ ।

कम्पनीले बजारमा सबै ग्राहकहरुका लागि वान प्लस ५ सार्वजनिक भएको अौपचारिक घोषणा गरेको हो । यसअघि कम्पनीले इकमर्श साइट केमू डटकममा प्रि-बुकिङका लागि खुला गरेको थियो ।

विश्व बजारमा भर्खरै मात्र आएको वान प्लस नेपालमा भने करिब १ महिनापछि आएको छ ।

ड्यूल रियर क्यामरा सेटअप रहेको यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५३ चीपसेट प्रयोग गरिएको छ भने यो स्मार्टफोन ६ जीबी र ८ जीबी र्याम अप्सनमा उपलब्ध हुने भएपनि नेपाली बजारमा भने ८ जीबी र्याममा आउने कम्पनीले जानकारी दिएको छ ।

यो फोनमा २० मेगापिक्सेल र १६ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

३,३०० एमएएच ब्याट्री राखिएको फोनमा कम्पनीले ड्यास चार्ज राखेको छ जसले वान प्लस स्मार्टफोन पुरै १ दिन संचालन गर्नको लागि आधा घण्टामा चार्ज गर्न सकिन्छ ।

कम्पनीले नेपाली बजारमा वान प्लस ५ स्मार्टफोनको मूल्य ५९ हजार ४९९ रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु