बजाजको कारमा इन्ट्री, विश्वकै सस्तो मुल्य, कहिले आउला नेपाल ?



भारतीय कम्पनी बजाजले सस्तो मूल्यको सानो कार बजारमा ल्याएको छ । बजाजले इन्डोनेसियाबाट लन्च गरेको उक्त कारको मूल्य १ लाख ३२ हजार भारतीय मूल्य रहेको छ ।

मोटरसाइकल, स्कुटर र अटो रिक्सा उत्पादन गर्दै आएको कम्पनीले पहिलो पटक कार उत्पादन गरेको हो ।

बजाज ‘क्युट’ नाम दिइएको कार २७५२ मिलिमिटर लम्बाई, चौडाई १३१२ मिलिमिटर, उचाईं १६५२ मिलिमिटर र ह्विलबेस १९२४ मिलिमिटर रहेको छ ।

सानो क्षमताको इन्जिन भए पनि कारका रुपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ ।

डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०.२ लिटरको वाटरकुल्ड इन्जिन छ भने ५ वटा गियरबक्स रहेको छ ।

कारले प्रतिलिटर ३६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।

२१६.६ सीसीको इन्जिन रहेको कारको अधिकतम् गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ । यस अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।

उक्त समयमा कम्पनीले नानो १ लाख भारुमा बिक्रीगरेता पनि अहिले भने २ लाख २९ हजार भारु रहेको छ । बजाजले इन्डोनेसियामा सार्वजनिक गरेको यो कार बिस्तारै एसियाली देशहरुमा प्रबेश गर्ने कम्पनीले जनाएको छ । यहि क्रममा नेपाली बजारमा प्रबेश गर्ने आाकलन गर्न सकिन्छ । एजेन्सी


क्लिकमान्डु