किशोरजंग कार्की बने आन्तरिक राजस्व विभागको महानिर्देशक



काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशक किशोरजंग कार्कीलाई बनाएको छ ।  संचार मन्त्रालयमा रहेका कार्कीलाई सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाएको हो ।

चुडामणि शर्मालाई अख्तियारले मुद्दा दायर गरेपछि आन्तरिक राजस्व विभाग निमित्तको भरमा चलेको थियो ।

शर्मा निलम्बित भएपछि चन्द्रकला पौडेलले निमित्त महानिर्देशकको जिम्मेवारी समालेकी थिइन् ।

निजामती सेवामा आन्तरिक राजस्व विभागको महानिर्देशक पद शक्तिशाली र आकर्षक मानिन्छ ।


क्लिकमान्डु