५ बर्षअघिको १० लाख लगानीलाई नबिल बैंकले यसरी बनाइदियो ४१ लाख




काठमाडौं । सेयर बजारमा लगानी गनुअघि आफुले सेयर किन्ने कम्पनीको वित्तीय बिवरण राम्रोसँग केलाउनु पर्छ भन्ने कुरा सबैले सुनिआएकै कुरा हो ।

यद्यपि सामान्य लगानीकर्ता कहिलेकाँहीं भावनामा बगेर, साथीभाइको लहैलहैमा लागेर वा अन्य बिबिध कारणले खराब वित्तीय बिवरण भएको कम्पनीमा लगानी गर्न पुग्छन् ।

यहाँ राम्रो कम्पनीमा लगानी गर्दा लगानीकर्ताले कम जोखिममा आकर्षक प्रतिफलको माध्यमबाट कतिसम्म कमाउन सक्छन् भन्ने कुरा केलाउने प्रयास गरिएको छ ।

सो समयमा त्यही लगानीकर्तासँग सेयर कित्ता संख्या १८ सय ७२ हुन्थ्यो (यदि उसले ५ बर्ष अघि किनेको सेयर बेच्ने उपयुक्त अवसर खोजेर बसेको थियो भने) । सो समयमा उसले सेयर बेचेको भए १० लाख रुपैंयाँको लगानीको उसको सम्पत्ति ४६ लाख १६ हजार रुपैंयाँ हुने थियो ।

फेरि, बेला बेलामा सेयर बजारमा उछाल आउँदा आफ्नो लगानीले गुणात्मक फड्को मार्ने अवसर पनि हुने नै भयो ।
यसका लागि हामीले नेपालको सेयर बजारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने बैंकिङ क्षेत्रको एक प्रतिनिधि बैंकलाई लिएका छौं ।

नेपालको बैंकिङ क्षेत्रको राम्रोमध्येको नबिल बैंकलाई हामीले तुलनात्मक अध्ययनका लागि लिएका छौं । तुलना बिगत ५ बर्षको कुल लाभांसका आधारमा गरिएको छ ।

मान्नुस्, कुनै सेयर लगानीकर्ताले ठ्याक्कै ५ बर्ष अघि १० लाख रुपैंयाँ लगानी गरेर नबिल बैंकको सेयर खरिद गरेको थियो । ठ्याक्कै ५ बर्ष अघि, अर्थात, सन् २०१२ को मध्यताका नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता १२ सय रुपैंयाँको हाराहारीमा थियो । यसको मतलब १० लाखको लगानीले ८ सय कित्ता भन्दा बढि सेयर किन्न सकिने भयो । र, अघिल्लो आर्थिक बर्षको नाफाबाट बाँढिने लाभांसको पनि हकदार बनिने भयो ।

नबिल बैंकले बिगत ५ बर्षदेखि क्रमशः २०, २५, २०, ३० र ३० प्रतिशत बोनस सेयर बाँढ्दै आएको छ । यसको मतलब ५ बर्ष अघि किनिएको ८०० कित्ता सेयर प्रत्येक बर्षको बोनस सेयर जोडिँदै जाँदा अहिले ९६०, १२००, १४४०, १८७२ हुँदै २४३४ कित्ता भैसकेको छ । यो भनेको सेयर संख्याको हिसाबले ३ गुणा भन्दा बढिको बढोत्तरी हो ।

५ बर्ष अघि नबिल बैंकमा १० लाख रुपैंयाँ लगानी गरेको लगानीकर्ताले हिजो सोमबारसम्म कुनै पनि सेयर नबेची दिर्घकालीन लगानीको रुपमा राखेको छ भने उसको लगानीको बजार मूल्य ३८ लाख ८७ हजार ९८ रुपैंयाँ भैसकेको छ (२४३४ कित्ता सेयरलाई नबिलको अन्तिम कारोबार मुल्य १५९७ रुपैंयाँ प्रतिकित्ताले गुणा गर्दा) । यो भनेको लगानीमा ३.८८ गुणाको बृद्धि हो ।

यसका अलावा बैंकले आफ्ना लगानीकर्तालाई प्रत्येक बर्ष नगद लाभांस पनि बाँढेको छ । बैंकले गत ५ बर्षदेखि क्रमशः ४०, ४०, ४५, ६.८ र १५ प्रतिशतका दरले नगद लाभांस बाँढेको छ । ५ बर्ष अघि नबिल बैंकको सेयर किनेका सेयरधनीले अहिलेसम्म प्रत्येक बर्ष ३२ हजार, ३८ हजार ४ सय, ५४ हजार, ६४ हजार ८ सय, १२ हजार ७ सय र ३६ हजार ५ सय रुपैयाँका हिसाबले अहिलेसम्म कुल नगद लाभांस २ लाख ३८ हजार रुपैंयाँ बुझिसकेका छन् ।

सेयरधनीसँग भएको कुल सेयर संख्याको अन्तिम कारोबार मूल्यका हिसाबले मुल्याङ्कन र अहिलेसम्मको नगद लाभांस जोड्दा ४१ लाख २५ हजार रुपैंयाँ भैसकेको छ । अर्थात, ५ बर्षअघि नबिल बैंकमा १० लाख रुपैयाँ लगानी गरेर चुपचाप बसेको सेयरधनीले अहिले आफ्नो सम्पति ४ सय १० प्रतिशतले बढाएको छ ।

यो त भयो दिर्घकालिन लगानीको कुरा । तर, लगानीकर्ताले आफूले किनेको सेयर ५ बर्ष ‘होल्ड’ नगरेर बजार बढेको बेला कुनै राम्रो समय हेरेर बेचेका भए उसले योभन्दा निकै धेरै कमाएको हुन सक्छ । बजारले पनि लगानीकर्तालाई कमाउने राम्रो अवसर दिइरहेकै हुन्छ ।

उदाहरणको लागि नेप्सेले अहिलेसम्मकै उच्चतम बिन्दु छोएको समयलाई लिउँ । सन् २०१६ को मध्यतिर नेप्से परिसूचक १८ सय ८१ बिन्दुमा पुग्दा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता २४ सय ६६ रुपैंयाँ थियो । सो समयमा त्यही लगानीकर्तासँग सेयर कित्ता संख्या १८ सय ७२ हुन्थ्यो (यदि उसले ५ बर्ष अघि किनेको सेयर बेच्ने उपयुक्त अवसर खोजेर बसेको थियो भने) । सो समयमा उसले सेयर बेचेको भए १० लाख रुपैंयाँको लगानीको उसको सम्पत्ति ४६ लाख १६ हजार रुपैंयाँ हुने थियो ।

माथिको उदाहरणको निचोड के हो भने सेयर बजारमा कमाउने दुईवटा तरिका हुन्छन् । पहिलो, कम्पनीले दिने प्रतिफल र बजारमा खरिद बिक्री गर्दा पाउने उच्च मूल्य । यसबाट लगानीकर्ताले बुझ्नु पर्ने कुरा के हो भने राम्रो कम्पनीको सेयर किने बजार घटेका बेला कम्पनीको लाभांसले थेग्छ । र, बजार बढेका बेला त झन् दुवै हातमा लड्डु भैहाल्यो । अब, राम्रो कम्पनी कसरी छान्ने भन्ने प्रश्न महत्वपूर्ण छ । यसका लागि भने वित्तीय बिवरणको गम्भिर अध्ययनसँगै बजारको दिशाको सही आकलनको जरुरत भने पर्छ नै । र, आफूले लगानी गर्ने कम्पनीको ब्यवस्थापन, उसको रणनीति र कम्पनीका प्रमोटरको पृष्ठभूमी हेर्न भने नभूल्नु होला ।


क्लिकमान्डु