नहर भत्किँदा लघुजलविद्युत् परियोजना बन्द



फाइल

म्याग्दी । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ ।

रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।

परियोजना बन्द हुँदा मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका ४०० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिए।

उनका अनुसार नहरमा चार लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । आर्थिक अभावमा गत बुधबार भत्किएको नहर मर्मतमा ढिलाइ भएको छ ।


क्लिकमान्डु