म्याक लुब्रिकेन्ट डिलर मिट इन्डोनेसियामा



काठमाडौं । म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । “Higher, Faster, Stronger / Together” भन्ने मूल विषयमा आधारित रहेर सम्पन्न गरिएको कार्यक्रम रमायाना रिसोर्ट, बाली, इन्डोनेसियामा सम्पन्न भयो ।

सो कार्यक्रममा नेपालका विभिन्न स्थानहरुबाट डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का विशिष्ट पदाधिकारीहरु लगायत कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आगामी दिनमा कम्पनीले लिने योजनाहरुको बारेमा प्रस्ट पारे ।

यसैगरि कम्पनीका नायब महाप्रबन्धक रोशन कुमार श्रेष्ठले कम्पनीको भावी योजना र तयारीहरुका बारेमा समेत जानकारी दिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु