नेपाल इन्स्योरेन्सको सिइओमा विजय शाह
काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय शाह नियुक्त भएका छन् ।
इस्योरेन्सको संचालक समितिको बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो ।
साउन ९ देखि लागु हुने गरेर शाह सिइओमा नियुक्त भएका हुन् ।
यसभन्दा अगाडि शाह एनएलजी इन्स्योरेन्सको सिइओ थिए । नेपाल बीमक संघमा पनि शाह अध्यक्ष थिए ।
अदालतले लगातार दुई कार्यकाल बस्न नपाउने निर्णय गरेपछि शाहले एनएलजी छाडेका थिए ।