भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन



भक्तपुर। भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ ।

आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गरे । भक्तपुरबाट काठमाडौँ जाने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्देश्यले २० वटा नगर बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिए ।

नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुर आउने र जाने गरी सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

मिनिबस सेवा समितिले यसअघि पनि भक्तपुरबाट सूर्यविनायक, चाबहिल, नयाँबस पार्क, भक्तपुरबाट बानेश्वर हुँदै रत्नपार्क, भक्तपुरबाट सातदोबाटो हँुदै लगनखेल र जिल्लाका ग्रामीण रुटमा बस सेवा सञ्चालन गर्दै आएको छ ।

 


क्लिकमान्डु