प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि आजदेखि मतदाता नामवली संकलन सुरु



काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आजदेखि मतदाता नामावलीको काम सुरु हुँदै छ ।

निर्वाचन आयोगले साउन १५ गतेसम्म मात्र नामावली संकलन गरिने जनाएको छ ।

मतदाता नामावलीमा जसको नाम छैन उसले नाम दर्ता गर्न सक्छ । अहिले भएको स्थानबाट अर्को स्थानमा पनि सार्न सकिन्छ ।

मतदाता नामावली संकलन भएपछि सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गर्ने छ ।

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन भएको छैन । अहिले संकलन हुने नामावली प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि हो । प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको मतदाता संख्या यसअघि संकलन भएको नै आधार बनाइने छ ।

मतदाताले नाम दर्ता गर्न जिल्ला सदरमुकाम आउनुपर्ने हुन्छ ।


क्लिकमान्डु