१४ खर्ब लगानी प्रतिबद्धता गरेकै वर्ष प्रत्यक्ष बैदेशिक लगानी घट्यो



काठमाडौं । लगानी सम्मेलन गरेकै वर्ष विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । उद्योग विभागले यसवर्ष १४ अर्ब ६१ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव स्वीकृत गरेको छ ।

अघिल्लो वर्ष १५ अर्ब २५ करोड लगानी स्वीकृत गरेको थियो । यसवर्ष ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता आएन । गत वर्ष ऊर्जा क्षेत्रमा एक अर्ब ८४ करोड लगानीको प्रतिबद्धता आएको थियो ।

पछिल्लो पाँच वर्षको विदेशी लगानीको तथ्यांक हेर्दा सबैभन्दा कम प्रतिबद्धता यस वर्ष आएको छ । नेपालमा सबैभन्दा बढी लगानी भित्र्याउनेमा भारत र चीन अग्रस्थानमा छन् ।

गत फागुनमा सरकारले धुमधामसँग लगानी सम्मेलन आयोजना गरेको थियो । साँढे दुई सय विदेशी लगानीकर्ता सहभागी सम्मेलनमा करिब १४ खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसवर्ष लगानी बोर्डमा एउटा पनि विदेशी लगानीका परियोजनाको प्रस्ताव आएको छैन । ठूलो लगानीका परियोजना लगानी बोर्डले स्वीकृत गर्छ ।

उद्योग विभागले दुई अर्बसम्मको विदेशी लगानी स्वीकृत गर्दै आएकोमा दायरा बढाएर पाँच अर्बसम्म पु¥याइएको छ । दुई अर्बभन्दा माथिको लगानी औधोगिक प्रवद्र्धन बोर्डले स्वीकृत गर्दै आएको थियो ।

लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताबाट ८ अर्ब ३० करोड अमेरिकी डलर, बंगलादेशबाट २ अर्ब ४० करोड डलर, जापान र बेलायतबाट १/१ अर्ब डलर, जापानबाट ५० करोड डलर र श्रीलंकाबाट ३१ करोड ७० लाख डलर लगानी गर्ने प्रतिवद्धता आएको थियो ।

नेपालमा कृषि, पर्यटन, जलविद्युत पूर्वाधारलगायत ठूलो लगानीको सम्भावना छ । लगानीको भर्जिन मुलुकमा प्रतिफल पनि उच्च नै हुन्छ । तर, विदेशी लगानीकर्ता लगानीका लागि तयार देखिएका छैनन् ।

पछिल्लो पाँच वर्षको विदेशी लगानीको तथ्यांक हेर्दा सबैभन्दा कम प्रतिबद्धता यस वर्ष आएको छ । नेपालमा सबैभन्दा बढी लगानी भित्र्याउनेमा भारत र चीन अग्रस्थानमा छन् । चीनबाट ठूला परियोजनाभन्दा साना होटेल रेस्टुरेन्टमा बढी लगानी आएको छ ।


क्लिकमान्डु