साउनभित्रै डिम्याट खाता नविकरण गर्नुहोस्, नत्र तपाईंले सेयर किनबेच गर्न पाउनुहुन्न



काठमाडौं । तपाईंसँग डिम्याट खाता छ ? त्यसो भए एक महिनाभित्रै वनिकरण गरिहाल्नुहोस् । होइन भने तपाईंले सेयर किनबेच गर्न पाउनुहुन्न ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले साउन मसान्तसम्म हितग्राही (डिम्याट) खाता नविकरण नगर्नेको खाता रोक्का गर्ने जनाएको छ ।

सिडीएससीले खाता रोक्का गरेपछि तपाईंले सेयर किनबेच गर्न पाउनुहुन्न । हालसम्म ८ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएका भएपनि कतिपय खाताहरु सक्रिय सञ्चालनमा छैनन् ।

डिम्याट खाता नविकरण गर्न धेरै पैसा पनि लाग्दैन । आर्थिक वर्ष २०७३/७४ डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्कबापत १०० रुपैयाँ तिनुपर्ने छ ।

सिडीएससीका अनुसार लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर १०० रुपैयाँ तिरेपछि खाता नविकरण हुन्छ ।


पुष्प दुलाल