चुडामणिसहित महत र ढकाललाई ११ अर्बको भ्रष्टाचारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडामणि शर्मा सहित कर फस्र्योटका दुई सदस्य विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विहीवार शर्मा सहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य ढकाल विरुद्ध १० अर्ब ९६ अर्ब रुपैयाँको बिगो माग राखेर मुद्दा दायर गरेको हो ।

शर्मा अहिलेपनि अख्यितारको हिरासतमा रहेका छन् । अख्तियारले १०७९ मध्ये करिब ५० वटा मात्रै फाइल हेरेको हो ।

बुधवार चुडामणिकी पत्नीले दायर गरेको बन्दि प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले शुक्रवार शर्मालाई उपस्थित गराउन आदेशदिएको छ ।

शर्मालाई जेठ १९ मा अख्तियारले पक्राउ गरी हिरासतमा राखेको छ । कर फर्स्यौट आयोगका अन्य दुई पदाधिकारी महत र ढकाल भने हालसम्म पनि फरार छन् ।


क्लिकमान्डु