शर्मामाथि धरौटी थपिने, १ सय ८७ फाइलको अनुसन्धान जारी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महाननिर्देशक चुणामणि शर्मालाई धरौटी थपिने भएको छ । गत असार १५ गते अख्तियारले शर्मासंग ३ अर्ब २ करोड रुपैयाँ धरौटी मागेको थियो ।

धरौटी नबुझाएपछि शर्मा अझै पनि अख्तियारको हिरासतमै रहेका छन् । कर फस्र्योट आयोग २०७१ द्वारा कर छुट दिइएका फाइल अध्ययन अन्तिम चरणमा पु¥याएको छ । अख्तियारले १ सय २५ फाइलको अध्ययन पश्चात उक्त रकम धरौटी मागिएको थियो ।

अहिले बाँकी १ सय ८७ वटा फाइलको अध्ययन अन्तिम चरणमा पुगेकोले थप धरौटी माग्ने तयारी अख्तियारले गरेको बुझिएको छ । यता शर्माले भने धरौटी बुझाउन अस्विकार गर्दै गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

गत जेठ १९ गते अख्तियारको हिरासतमा परेका शर्मामाथि ४ साताको अवधिमा एक २५ फाइल अध्ययन गरेको थियो । उक्त फाइलमा ९ अर्व ८ करोडभन्दा बढी कर छुट दिएइएको भन्दै अख्तियारले धरौटी मागेको थियो । अहिलेको अवस्थालाई अध्ययन गर्दा अख्तियारले शर्मा सहित आयोगका अध्यक्ष र सदस्यविरुद्ध छिट्टै भ्रष्टाचार मुद्दा लगाइने तयारी रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

आयोगले ९ अर्ब ५४ करोड ६१ लाख सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजस्व मिनाह गरेको अख्तियारद्वारा छानविन गरिएको हो । राजस्व उठाउनुपर्ने रकमको ६८ प्रतिशत मिनाह दिई सम्झौता भएको बुझिएको छ ।

आयोगमा ४० अर्ब ८३ करोड बक्यौतउपर निवेदन परेकोमा ३० अर्ब ५२ करोड फस्र्योट गरी ९ अर्ब ५४ करोड ६१ लाख सम्झौता गरेको अनुन्धानबाट अख्तियारले फेला पारेको छ ।
यस्तै शर्मालाई रिहाई गर्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ ।


क्लिकमान्डु