थानकोट-मुग्लिन सडक ४ लेन बनाइने



काठमाडौं । सरकारले थानकोट देखि मुग्लिनसम्मको सडक विस्तार गर्दै चार लेन बनाउने भएको छ । थानकोट देखि मुग्लिनसम्म ९० किलोमिटर सडकलाई विस्तार गर्दै ४ लेन बनाउन लागिएको हो ।

हाल उक्त सडक खन्ड २ लेन मात्र रहेको छ । राजधानी भित्रिने सवैभन्दा महत्पूर्ण उक्त सडक खन्ड विस्तार भएमा आउने र जाने समय समेत छोटिने छ ।

विश्वबैंकको ऋणसहयोगमा सडक विस्तारको लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने काम अगाडी बढेको बताउँदै सडक बिभागका महानिर्देशक गोपाल सिग्देलले क्लिकमाण्डुसँग भने ‘अहिले अध्ययनको काम भइरहेको छ । पहिला अध्ययन सकेर सरकारले निर्माण गर्ने निर्णय गरेपछि, यसको बिस्तारमा लाग्ने खर्च कहाँ र कसरी जुटाउने भन्नेतर्फ जानुपर्छ ।’

महानिर्देशक सिग्देल अनुसार ‘यो सडक खण्डमा हाल दैनिक ७ हजार भन्दा बढी सवारी आगमन हुने गरेको ले अहिलेको अबस्थाले सवारी चाप थेग्न सक्दैन यसको बिस्तार जरुरी भइसकेको छ ।’

यता २ वर्ष देखि सुरु गरेको मुग्लिन-नारायणगढ सडक खण्डको विस्तार कार्य जारी रहेको छ । सो सडकखण्डपनि ४ लेन बनाउन खोजिएको छ । जसका कारण हजारौ यात्रुले दैनिकरुपमा सास्ती व्यहोर्नुपरेको छ । उक्त सडक खण्डको काम हाल ५० प्रतिशत मात्रै सकिएको छ ।


क्लिकमान्डु