विषालु रक्सीका कारण १२ जनाको मृत्यु, बार्षिक ५ अरव लिटर खपत



लखनउ । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो ।

उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवन गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ ।

‘बिषालु तरल पदार्थ सेवा गरेपछि १२ जनाको मृत्यु भएको छ,’ अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले भने ।

विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विषाक्त रक्सी सेवन गरेका अरु चार जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको छ ।

अधिकारीहरुले राज्यका विछडीएका ३० ओटा ठाउँमा अनुगमन गरेर अवैध रुपमा विक्रिवितरण गर्न लागिएको ११ सय लिटर मदिरा र १० हजार लिटर अवैध रुपमा घरमै बनाइएको मदिरा नष्ट गरेको प्रेस ट्रष्ट अफ इण्डीयाले जनाएको छ ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले तीन जना प्रहरी अधिकारी सहित आठ जना जिल्लास्तरीय सरकारी अधिकारीहरुलाई निलम्वन गरेका छन् । उनीहरुलाई आफ्नो जिम्मेबारीप्रति बेवास्ता गरेको दोष लगाइएको पिडिआईले लेखेको छ ।

यस्ताखाले मदिराजन्य पदार्थ भारतमा निकै धेरै प्रयोग गरिन्छ । अवैध मदिरा बोतलमा पनि पाइने गरेको छ । त्यसैले मृत्युका घटनाहरु बेला बेलामा हुने गरेको छ ।

सन् २०१५ मा मुम्बइमा मात्र एक सय जना भन्दा बढीको विषालु मदिरा सेवनकै कारण मृत्यु भएको थियो । भारतमा बार्षिक ५ अरव लिटर रक्सी खपत हुनेगरेको पाईएको छ ।


क्लिकमान्डु