१८ लाखमै बनाउन सकिन्छ ५० बर्ष टिक्ने ४ कोठाको २ तले घर




काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्बजनिक गरेको मौद्रिक नीतिले काठमाडौंमा घर बनाउने चाहना राख्नेलाई केही धक्का लागेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) ५० प्रतिशत थियो ।

नयाँ मौद्रिक नीतिले यो अनुपात घटाएर ४० प्रतिशतमा झारेको छ । अन्य स्थानमा भने ५० प्रतिशतलाई निरन्तरता दिइएको छ । यसले काठमाडौं उपत्यकामा घर निर्माण गर्न चाहनेले बैंकबाट कम ऋण पाउने भएका छन् ।

काठमाडौं उपत्यकामा परम्परागत रुपमा बन्ने घर निर्माणको खर्च अत्याधिक बढिरहेको समयमा राष्ट्र बैंकको नयाँ नीतिगत ब्यवस्थाले तपाइलाई केही चिन्ता बढाइ दिएको हुन सक्छ । तर, यसका विकल्प छन् । ती विकल्प प्रयोग गरेर सस्तोमा सुरक्षित र बलियो घर बनाउन चाहनु हुन्छ भने यी विकल्प प्रयोग गर्ने पो हो कि ?

भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प छ । यो विकल्पबारे जानकारी पाउनु नभएको हुन सक्छ । त्यस्तै एक विकल्प पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि राम्रो विकल्प हुन सक्छ ।

पञ्चकन्या ‘स्टक्चर स्टिल’को नामबाट पञ्चकन्या समुहले नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माणमा नयाँ प्रविधि भित्र्याएको छ । विदेशमा बिशेष गरेर संमृद्ध र भूकम्पीय जोखिम भएका देशहरुले यस्ता ग्याल्भनाइज स्टिलको प्रयोग गरेर घरहरु निर्माण गर्ने गरेका छन् ।

नेपालमा २०७२ सालको भूकम्पपछि धेरै घरहरु भत्किए । पुननिर्माणको सुरुवातसँगै अब बनाइने घरहरुको मोडल, प्रबिधि र जोखिम रहित हुनुपर्छ भन्ने बहस सुरु भएको पञ्चकन्या समुहका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ बताउछन् ।

‘हामीले भूकम्प जानु अगाडीदेखि फ्याक्ट्री निर्माणको तयारी गरिरहेका थियौं, भूकम्पपछि निकै छिटो गरेर उत्पादन गर्यौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

ग्याल्भनाइज स्टिल हलुका हुनेहुँदा यसलाई कुनैपनि ठाँउमा लान निकै सहज हुन्छ । इन्जिनियरले घरको नक्सा बनाउँदा नै कति क्षेत्रफलमा, कति भार थेग्न सक्छ भन्ने जस्ता कुराको अध्ययन गरेर बनाउछन् । निर्माणकर्ताको आवश्यकता अनुरुप यसको प्रयोग हुने हुँदा यसबाट बनेका घरहरु निकै आर्कषक र बलिया हुने श्रेष्ठ बताउँछन् ।

के हो ग्याल्भनाइज स्टिल ?
स्टिल वा फलामका सामानमा खिया नलागोस् र नबिग्रियोस् भन्ने हेतुले बाहिरबाट कोटिङ गर्ने प्रबिधिलाई ग्याल्भनाइज भनिन्छ । यसमा समेत हलुका र गरुङ्गा दुबै किसिमका स्टिल र फलाममा यो प्रबिधि प्रयोग गर्न सकिन्छ । जसले फलाम र स्टिललाई सुरक्षित बनाउँछ ।

घर कसरी निर्माण गरिन्छ ?
सर्बप्रथम तपाईसँग भएको जग्गा र त्यसको साइज अनुसार आफ्नो अवश्यकता बमोजिम इन्जिनियरलाई डिजाइन बनाउन लगाउनु होस् ।

यस्ता घरहरु ४ तलासम्म निर्माण गर्न सकिने हुनाले आफूलाई कति चाहिने हो सोहीअनुसारको डिजाइन तयार पार्न लगाउँनु पर्नेछ ।

त्यसपछि कम्पनीले तपाईको घर निर्माणको जिम्मा लिने छ । उसले तपाईको घर निर्माण सुरु गर्नेछ । तपाईले यस्ता घर निर्माण गर्दा आफ्नो लगानी गर्ने क्षमता अनुसारको सामान प्रयोग गर्ने अवसर पाउनु हुनेछ ।

कम्पनीले प्रतिबर्गफिट २२०० रुपैयाँदेखि माथि तपाईको छनोट अनुसारको सामान प्रयोग गरेर घर निर्माण गरिदिने छ । यो दर अनुसार तलमाथि गरी १३ सय स्वायर फिटको २ तले घर बनाउन करिब १८ लाख रुपैयाँ लाग्नेछ । परम्परागत रुपमा बनाइने यो क्षेत्रफलको घरका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च हुन सक्छ ।

यदि कम्पनीको अनुसार निर्माण गर्ने हो भने २२०० देखि २४०० प्रतिबर्गफिटमा तर्पाइको घर निर्माण हुने छ । यो खर्च अन्य परम्परागत रुपमा बनाइने घरको भन्दा कम्तिमा पनि ३० प्रतिशत सस्तो पर्ने कम्पनीले जानकारी दिएको छ । यस्ता स्टक्चरको आयु ५० बर्षसम्म हुने दाबी कम्पनीको छ ।

तल्लो तलामा जग बनाउनु पर्ने हुँदा बढी खर्च पहिलो तला बनाउदै लाग्नेछ भने माथिल्लो तला निकै सस्तो पर्नेछ । यसैकारण १३ सय स्वायर फिटको २ तले घर १८ लाख रुपैयाँ तयार पारेर सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएको छ । घरधनीले महंगो निर्माण सामाग्री प्रयोग गर्न चाहेमा प्रतिबर्ग फिट ५ हजारभन्दा महंगा निर्माण सामाग्री पनि उपलब्ध छन् ।

घरका बिषेशता
साधारण वाल सिस्टमबाट निर्माण गर्ने घर बराबरको मुल्यमा यस्ता घरहरु बनाउन सकिने कम्पनीका सेल्स एण्ड मार्केटिङ बिभागका विप्सा शाक्यले बताईन् ।

‘घरको डिजाइन परिवर्तन गर्नुपरेमा यस्ता घरहरुको डिजाइन सजिलै परिवर्तन गर्न सकिन्छ, आग्लागी, भूकम्प जस्ता बिपदबाट यस्ता घरहरु सुरक्षित हुन्छन्,’ शाक्यले भनिन् ।

यदि घर भत्काएर नयाँ निर्माण गर्नु परेमा वा घर थप्नु परेमा यस्ता घरहरु सहज हुनेछन् । यो घरको मुख्य बिषेशता छिटो निर्माण हुनु समेत हो । २ तलाको घर १५ देखि २० दिनमा निर्माण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यस्ता घरहरुमा प्रयोग हुने झ्यालहरु युपिभिसीका हुन्छन् । जुन पञ्चकन्याको आफ्नै उत्पादन हो ।

कस्ता घर बनाउन सकिन्छ ?
पुराना शैलीका गाउँघरमा हुने ‘ट्रेडिसनल’ घरहरु यो प्रबिधिको प्रयोगबाट सजिलै निर्माण गर्न सकिन्छ । ४ तलासम्मका औद्योगिक भवन, स्कुल, हस्पिटल, होस्टल, रिटेल स्टोर, रेन्टल हाउस, एयरपोर्ट, रेष्टुरेन्ट एण्ड बार, पार्टी प्यालेस जस्ता पूर्वाधार निर्माण सजिलै सकिने कम्पनीले जानकारी दिएको छ ।

‘केही विकास आयोजनाको स्टाफ क्वाटर निर्माणमा हामीले काम गरिरहेका छौं, अहिले अरुण तेस्रो आयोजनाको फार्म हाउस हामीले नै बनाइरहेका छौं,’ शाक्यले भनिन् । उनका अनुसार कम्पनीले १०० को हारहारीमा यस्ता घरहरु निर्माण गरिसकेको छ ।


क्लिकमान्डु