भरतपुरको मुद्दाको सुनुवाई आजपनि भएन



काठमाडौं । भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा परेको मुद्दाको सुनुवाई आजपनि स्थगित भएको छ ।

न्यायधिशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको सयुक्त इजलाशमा परेको मुद्दा साउन २ गतेलाई सरेको छ ।

सर्बोच्चले मतगणना गर्दा च्यातिएको मतपत्रको सक्कलप्रति र सबै विवरण पेश गर्न आदेश दिएको थियो । जस अनुसार च्यातिएको मतपत्र सर्बोच्चमा छ । सर्बोच्चमा मुद्दाको सुनुवाई सरिरहदा भरतपुरबासीमा अन्यौल भएको छ । बैशाख ३१ भरतपुरमा निर्वाचन भएको थियो ।

मतगणना जारी रहँदा ९० मत च्यातिएको थियो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । त्यसको विरुद्ध सर्बोच्चमा परेको रिटमा अदालतले अर्को आदेश नभएसम्मको लागि मतदान र मतगणनालाई स्थगित गरेको छ ।


क्लिकमान्डु