प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार परियार नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस संयोजकमा पत्रकार गोविन्द परियारलाई नियुक्त गरेका छन् ।

अन्नपूर्ण पोस्ट् बरिष्ठ संवाद्दाताको रुपमा कार्यरत रहेका परियारले समाजशास्त्रमा स्नातोत्तर तह उत्तिर्ण गरेका छन् । यस्तै विदेशमा विभिन्न विश्वविद्यालयमा पत्रकारिताको अध्ययन गरेका छन् ।

प्रधानमन्त्री देउवाले विशिष्ट श्रेणीको सुविधा पाउने गरी परियारलाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् । परियारसँग १५ वर्ष लामो पत्रकारिताको अनुभव रहेको छ ।

यस्तै प्रधानमन्त्री देउवाले परराष्ट्र मामिला सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेका छन् । उनी शुसील कोइराला प्रधानमन्त्री हुँदापनि परराष्ट्र सल्लाहकार रहेका थिए ।


क्लिकमान्डु