नारायणगढ-मुग्लिन सडकखण्डः जमिनमा बाटो छैन, जहाजको टिकट छैन




काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा जोखिमपूर्ण भएपछि सुनासान हुने भरतपुर विमानस्थमा यतिवेला गुलजार आएको छ । काठमाडौ–भरतपुर रुटमा जाने यात्रुको चाप बढेपछि अहिले दैनिक २० वटासम्म उडान हुन थालेको हो ।

एयरलाइन्स कम्पनीहरु भरतरपुर रुटमा केन्द्रित भएका छन् । दैनिक ६ वटा उडान हुँदै आएको काठमाडौ– भरतपुर उडान संख्या सरकारले रात्रीमा सडक खन्ड बन्द गरेपछि सवै एयरलाइन्स कम्पनीहरुले उडान संख्या समेत थपेर २० पुर्याइएको त्रिभुवन विमानस्थल अन्तरगतको आन्तरिक उडान कार्यलयले जनाएको छ ।

बिहान सात बजेदेखि बेलुका ६ः३० बजेसम्म एयरपोर्ट खुला रहेको छ । बुद्ध एयरलायन्सले दैनिक १० वटा उडान गर्दै आएको छ । यति एयरलायन्सको दैनिक ९ र सिम्रिक एयरलायन्सको दैनिक १ उडान छन् । नियमित उडानसँगै अतिरिक्त उडान संख्या पनि बढेको कार्यालयले जनाएको छ ।

काठमाडौ– भरतपुरबाट जान एक हप्ता अगाडि नै टिकट काट्नु पर्ने अवस्था छ । राजधानी जाने बाटोमा समस्या आएपछि त्यसको फाइदन हवाई कम्पनीहरुले लिएका छन । कुनै समय दैनिक १ उडान हुन मुस्किल पर्ने विमानस्थल दुई वर्ष यता भने गुलजार रहेको छ ।


क्लिकमान्डु