कुलमानको बिष्लेषणः सप्तकोशीवाट २५ हजार मेगावाट विजुली, पाँचखालसम्म पानीजहाज



काठमाडौं। सप्तकोशी नदीका सहायक सातवटा र बाँकी केहि खोलावाट बनेको सप्तकोशी करिडोरमा २५ हजार मेगावाट विद्युत निस्किन सक्ने देखिएको छ। जापान सहयोग नियोग जाइकाले सन् १९८५ मा नै अध्ययन गरेको यो रिपोर्ट पहिलोपटक सर्वासाधारणका लागि सार्वजनिक भएको हो।

राजधानीमा शनिवार रामेछाप काठमाडौं पत्रकास समाजले आयोजना गरेको नेपालमा जलविद्युतको सम्भावना र चुनौतीु छलफल तथा अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् ।

हिमाली तथा पहाडी क्षेत्रमा रन अफ रिभर र स्टोरेज योजना तथा समथर भूभागमा जलासययुक्त आयोजनाहरु निर्माण गरेर यो क्षेत्रमा २५ हजार मेगावाट विद्युत निकाल्न सम्भव रहेको जाइकाको रिपोर्टमा छ। तर घिसिङले रिपोर्ट धेरै बर्ष पुरानो भएका कारण पुन अध्ययन हुने हो भने अझै धेरै सम्भावना रहेको बताए।

‘जाइकाले गरेको इनिसियल फेजको अनुसन्धान हो यो’ घिसिङले भने ‘धेरै अगाडि सर्वेक्षण भएका कारण अझै विस्तृत अध्ययन गर्ने हो भने केहि हजार मेगावाट थप हुनसक्छ।’

राजनीतिक बृतमा मात्र सार्वजनिक गरिएको यो रिपोर्ट कुलमानले प्राय सवै राजनीतिक दलका शिर्षश्थ नेतालाई प्रेजेन्टेसन गरिसकेका छन्। योजना मुताविक सुनकोशी दोस्रो र तेस्रोको प्रि फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए।

कलकत्तादेखी पाँचखालसम्म पानीजहाज ल्याउन सम्भव

घिसिङले पनी हजाज चल्नका लागि समुनद्र नै नचाहिने भन्दै वाटर लिप्टिङ प्रविधिमार्फत मध्यम स्तरका जहाजहरु कलकत्ता र बंगलादेशदेखी कोशी करिडोर हुँदै पाँचखालसम्म ल्याउन सकिने बताए ।

जसका लागि जाइकाको सहयोगमा योजना बनेको तर यसका लागि राजनीतिक तह र देशले ठूलो मिहिनेत गर्नुपर्ने तथा काम गर्ने दृढ इच्छाशक्ति हुनुपर्ने बताए ।

मध्यमस्तरको पानीजहाज चलाउन सक्ने गरी सप्तकोशी (चतरा) देखि सुनकोशी, ३ (दोलालघाट) सम्म विभिन्न जलासययुक्त आयोजना बनाउन सकिने सो योजनामा उल्लेख छ। यो बीचमा ४ वटा ठूला जलासययुक्त आयोजना बनाउने हो भने अहिले कलकत्ता बन्दरगाह हुँदै भारतको इलाहबाद सम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिने उल्लेख घिसिङले बताए।

यसका लागि सप्तकोशीमा बाँध बाँधेर सुनकोशी(१, सुनकोशी-२ र सुनकोशी-३ गरी थप ३ वटा बाँधसहितका जलाशय बनाउनुपर्छ। यसैका सहायकमा रुपमा लिखु, तामाकोशि, अरुण, बरुण, तमोर, दूधकोशी लगायतका नदीमा पनि जलायसयुक्त जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ।

सिँचाइ, फिसिङ, यातायात र खानेपानीको सम्भावना

घिसिङले उक्त करिडोरमा निर्माण हुने आयोजनाले ठूलोमात्रामा सिंचाई, जल पर्यटनको विकास, माछापालन गरी निर्यात गर्न सकिने बताए। यो सवै राज्यका निकायहरुमा बस्ने उच्च पदस्थ व्यक्तिहरुको कार्यशैलीमा भर पर्छु घिसिङले भने कोशी करिडोरमा प्रस्ताव गरिएको विद्युत निकाल्ने हो भने नेपालीको प्रतिव्यक्ति आयो बढेर दक्षिण एसियाका कुनै पनि पनि देशभन्दा धेरै माथि पुग्नेछ।

यो योजना कार्यान्वयन भएमा नेपालमा जल यातायताको सम्भावनाको ढोका खुल्ने र सडक यातायात भन्दा छिटो र सुरक्षित रुपमा जहाज तथा बोटमा जलयात्रा गर्न सकिने पनि बताए ।

अन्तरक्रिया कार्यक्रममा घिसिङले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरेको बताए ।

उनले साना जलविद्युत आयोजनाको पिक आवरको मागलाई सम्वोधन गर्न पनि यस्ता आयोजनाहरु सार्थक हुने बताए। ठूलो क्षमताका ब्याट्रीको स्टोरेज परीक्षण गर्न एउटा दूर्गम गाउँमा पनि नमूनाका रुपमा यस्तै ब्याट्री बैंक राख्ने योजना अघि सारिएको उनले बताए ।


क्लिकमान्डु