भरतपुर मुद्दाको सुनुवाई सर्यो



काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना गर्दा च्यातिएको मतपत्रको बारेमा परेको मुद्दाको सुनुवाई पुनः पर सरेको छ ।

न्यायधिशद्वय मिरा खड्का र अनिल सिन्हाको सयुक्त इजलाशमा मुद्दाको सुनुवाई भएपनि शुक्रवार सुनुवाई नसक्ने भएको हुँदा सोमबारको लागि मुद्दा पर सरेको हो ।

मतगणना जारी रहँदा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

त्यसको विरुद्धमा सर्बोच्चमा मुद्दा दायर भएको थियो । सर्बोच्चले अन्तिम फैसला नआउदासम्म मतदान वा मतगणना गर्न रोक लगाएको छ । सर्बोच्चले च्यतिएको मतपत्रपनि मगाएको थियो । जुन सर्बोच्चमा आज पेश भएको थियो ।


क्लिकमान्डु