साझा बस सेवा अब भक्तपुर र काभ्रेको सिमाना साँगासम्म संचालन



भक्तपुर । साझा बस स्वयम्भूबाट भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म संचालनमा आएको छ । बुधवारदेखि साझाले आफ्ना बस कोटेश्वरबाट भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म संचालन शुरु गरेको हो ।

सो रुटमा अहिलेसम्म रुट परमिट नभएपनि सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो ।

साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा मात्र सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म साझाका बस सञ्चालन हुने साझाका अधिकारीहरुले जानकारी दिए ।

गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको छ । भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु