बीरगञ्ज आइपुगे नेपाल एयरलाइन्सले युरोपबाट ल्याएका १० करोडका २ गाडी



काठमाडौं । नेपाल वायुसेवा निगमले १० करोड रुपैयाँ लागतमा दुईवटा ‘¥याम्प बस’ जर्मनीबाट खरिद गरेको छ ।

जर्मनीबाट पानीजहाज चढाएर ल्याएका ती बस अहिले वीरगन्ज भन्सार नाकामा आइपुगेको निगमले जनाएको छ । बस कोलकाताबाट ट्रकमा १० दिन लगाएर वीरगन्ज ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको निगमले यात्रुको सहजताका लागि नयाँ बस ल्याएको हो ।

बस सडकमा गुडाएर ल्याउन नसकिने हुँदा ट्रकमा राखेर ल्याउनुपरेकोले २ साताभित्रै बस विमानस्थलमा आइपुग्ने निगमले जनाएको छ ।

विमानबाट ओर्लिएका यात्रुलाई बाहिर ल्याउन नयाँ बस प्रयोग गरिनेछ । यात्रुलाई धावनमार्गबाट बाहिर निकाल्न पुराना बसले अपुग भएपछि जहाज होल्डिङ’ को सयम बढ्दो थियो ।

निगमले जहाज अवतरणको समयलाई मध्यनजर गरी नयाँ बस ल्याएको हो ।

विमानस्थलमा विभिन्न गन्तव्यबाट आएका जहाजका यात्रु बाहिर ल्याउन निगमलाई १५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ । जसका कारण जहाज आकाशमै होल्ड गर्नुपरेको गुनासो बढेसँगै नयाँ ¥याम्प बस ल्याइएको निगमले जनाएको छ ।

निगमसँग अहिले यात्रु बोक्नका लागि पुराना पाँचवटा मात्रै बस छ । जसका कारण यात्रुलाई धावनमार्गबाट समयमै बाहिर निकाल्न सक्ने अवस्था छैन । नयाँ बस आएपछि १५ मिनेटको समय पाँच मिनेटमा झर्ने निगमको दावीे छ ।


पुष्प दुलाल