सीई कन्सट्रक्शनले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र



काठमाडौं । निर्माण कम्पनी सीई कन्सट्रक्शन प्रालिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ पाएको छ । यसअघि सन् २०१४ मा कम्पनीले आइएसओ ९००१:२००८ प्राप्त गरेको थियो ।

कम्पनीले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ ९००१ः२०१५ स्तरको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको जनाएको छ ।

सो प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने कम्पनीले जानकारी दिएकोछ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि उपभोक्ताको विश्वास अझ एक तह माथि पुगेको सीईको भनाइ छ ।


क्लिकमान्डु