यस्तो छ राजधानी बाट स्मार्टसिटी जाने सडकको हालत (फोटो फिचर)




काठमाडौं । सरकारले स्मार्ट सिटी बनाउने घोषणा गरेको काठमाडौंको उत्तर पूर्ब क्षेत्रमा प्रबेश गर्ने सडकका हिलो र खाडलले सवारी साधन चलाउन नसकिने अबस्थामा पुगेको छ ।

बाटो निर्माण सुरु गरेको लामो समय भइसक्दा पनि ठेकेदारको लापरबाहीले बाटो विस्तारले गति नलिदाँ स्थानीयहरु मारमा परेका छन । घाम लागेपछि पुरै धुलाम्य र पानी परेपछि हिलाम्यै हुने भएकोले यात्रुहरु विगत लामो समय देखि सास्ती व्यहोर्नु परेको छ । १ लाख १० हजार रोपनी जग्गामा स्मार्ट सिटि बनाउने सरकारले घोषणा गरेको छ ।

चाबहिल, जोरपाटी हुँदै साँखुसम्मको स्मार्ट सिटि प्रबेशगर्ने सडक निर्माण कम्पनी र स्थानीय निकायको लापर्वाहीले हिड्न नसकिने अबस्थामा पुगेको छ ।


हायत होटल देखि साँघु सम्मको १० किलोमिटर दुरीपारगर्न करिब २ घण्टा लाग्ने गरेको सवारी चालक रामभाई स्थापित बताउँछन् ।

‘हरेक दिन आँखा अगाडी १०/१२ वटा मोटरसाईकल लड्छन् । हामीलाई गाडी चलाउँन समेत निकै कठिन छ ।’ स्थापितले क्लिकमाण्डुलाई सुनाए । उनका अनुसार यदी यो बाटोमा केही नगर्ने हो भने साउन लागेपछि गाडी चलाउँन सकिदैन ।

कागेश्बरी मनहरा नगारपालिका र शंकरापुर नगरपालिकामा पर्ने यो बाटो सहज बनाउँन आफुहरु लागीपरेको जनप्रतिनिधिहरु बताउँछन् । ‘५ दिन भयो बिहान देखि सडकमा नै गएर त्यसलाई कसरी व्यवस्थित बनाउँने भनेर स्थानीयवासी र निर्माण कम्पनीसँग कुरा गरिरहेको छु ।’ कागेश्बरी मनहरा नगारपालिकाका मेयर कृष्णहरि थापाले क्लिकमाण्डुसँग भने ।

‘जनताको आक्रोस छ, बाटो बढाउने ढेकेदारले काम गरिरहेको छ तर यो बर्खामा यो बाटो यस्तै हो भन्ने उत्तर आउँछ’ स्थानिय व्यवसायी राम श्रेष्ठ भन्छन् ।

हिजो स्थानीयवासीले सवारी साधन सञ्चालनमा रोकलगाए पछि २ संसदको रोहबरमा नगरका जनप्रतिनिधिलाई राखेर बाटोमा ग्रभेलगर्ने सहमति गराएपछि बाटो खोलिएको स्थानीयवासीले जानकारी दिए ।


क्लिकमान्डु