त्रिबि नेविसंघ अध्यक्षमा हरि आचार्य



काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपूरको अध्यक्षमा हरि आचार्यलाई जिम्मेवारी दिइएको छ ।

लामो समयदेखि रिक्त पदमा बुधबार सम्पन्न बृहत् विद्यार्थी भेलामा आचार्यलाई जिम्मेवारी दिने निर्णय भएको हो ।

भेलामा संघ केन्द्रीय प्रतिनिधि केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी तथा महामन्त्री कुन्दन काफ्लेलगायत ३० जना केन्द्रीय पदाधिकारी सहितको सहभागिता थियो ।

जिम्मेवारी पाए लगत्तै आचार्यले उक्त भेलालाई सम्बोधन गर्दै आफू विद्यार्थीको बृहत्तर हितको लागि संघर्ष गरिरहने बताए । साथै उनले त्रिबिको सुधारमा निरन्तर खटिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।


क्लिकमान्डु