कांग्रेसले बुटवलमा वडा नंं १३ मा जितेर खाता खोल्यो



बुटवल। रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ ।

उपमहानगरको १९ वडामध्ये आज भएको वडा नंं १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन विजयी भएका छन । उनले एक हजार ७६५ मत प्राप्त गरेर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का योग गुरुङले एक हजार ३६३ मत प्राप्त गरेका छन ।

यसअघि उपमहानगरका वडा नं. १ देखि १२ सम्म लगातार एमालेले जित हात पारेको थियो ।  जिल्लाको समरिमाई गाउँपालिकामा फोरम (लोकतान्त्रिक) विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार उक्त गाउँपालिकाको अध्यक्षमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत प्राप्त गरेर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी प्रियङ्का शाही सिंह विजयी भएकी छिन ।

उनले दुई हजार ८१६ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी कमलावती अहिरनीले दुई हजार १७० मत प्राप्त गरेका छन ।


क्लिकमान्डु