काठमाडौंका सडकमा अब युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड’



काठमाडौं । उपत्यकाका ३ सय ५० बस बिसौनीमा युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड’ जडान गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरुको सुबिधाका लागि त्यस्ता स्मार्ट स्ट्रिट साइन बोर्ड जडान गर्न लागेको हो ।

स्मार्ट स्ट्रिट साइन बोर्डमा बस बिसौनीको नाम, गाडी जाने ठाउँहरु र भाडा दर समेत उल्लेख गरिएको हुनेछ ।

यात्रुलाई सवारी साधन कहाँबाट लाग्छ भन्ने समेत यात्रुले जानकारी नपाउने अवस्था भएको स्मार्ट स्ट्रिटको व्यवस्था गर्न लागेको महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

स्मार्ट स्ट्रिट साइन बोर्डका लागि सोलार सिस्टम जडान गरिनेछ । सोही सोलारले साइनबोर्डका लागि उर्जा उपलब्ध गराउनेछ भने रात परेपछि वत्ति समेत बाल्नेछ ।


पुष्प दुलाल