कुल वान स्मार्टफोन खरिदमा जेबिएलको हेडफोन निशुल्क पाईने



काठमाडौं। कुलप्याड स्मार्टफोन नेपालले आफना ग्राहकहरु समक्ष ‘कुल वान ग्रुभ विथ दि कुल वान’ नामक योजना हालै बजारमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक कुलप्याड कुल वान स्मार्टफोनको खरिदमा ग्राहकहरुले जेबिएल इन ईयर हेडफोन निशुल्क प्राप्त गर्न सक्नेछन् ।

यो योजना नेपालभर आधिकारिक कुलप्याड काउण्टरमा मात्र लागु हुने नेपालका लागि कुलप्याडको आधिकारिक बिक्रेता जयमाँ इन्टरकन्टिनेन्टलले जनाएको छ ।

कुलप्याड ब्राण्डमा नेपालमा भित्रिएको कुल १ मोबाइल यो बर्षको प्रमुख मोडेल भएको कम्पनीको भनाई छ । यो मोडलमा १३ मेगापिक्सेल तथा १३ मेगापिक्सेलको ड्यूल रियर क्यामराको साथसाथे ड्यूल टेम्पेरेच एलईडी फ्ल्याश पनि राखिएको छ ।

डूयल रियर क्यामराले विस्तृत तस्विरहरु लिने मात्रै नभई फोर के अल्ट्रा एचडी भिडियो रेकर्डिङ पनि गर्न सकिनेछ । फोनमा क्वाड कोर स्न्यापड्रागन ६५२ प्रोसेसरका साथमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित स्क्रीन भएको सो स्मार्टफोनमा ४०६० एमएएचको ब्याट्री राखिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु