डिसहोमले आइपिओ जारी गर्ने



काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ ।

डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी लिमिटेडमा परिवर्तन भएको छ ।

डिस होमका बजार विभाग महाप्रवन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन भएको जानकारी दिए ।

‘हामी अब प्रालिबाट लिमिटेड कम्पनीमा परिवर्तन भएका छौ,’ उनले क्लिकमाण्डुसँग  भने, ‘केही समय भित्रमा सर्वसाधारणलाई साधारण सेयर जारी गर्छौ ।’

कति रकमको आइपिओ जारी गर्ने भन्ने निर्णय भने अहिले भएको छैन ।

धितोपत्र बोर्डले यसअघि नै रियल सेक्टरका कम्पनीलाई प्रिमियम मुल्यमा आइपिओ जारी गर्न दिने जनाएको छ ।

नेपालमा सेटेलाइटकाे माध्यमबाट विभिन्न च्यानलहरु डाइरेक्ट टू होम (डिटिएच) प्रणाालीमार्फत टेलिभिजन सेवा प्रदान गर्ने कम्पनी हो ।

टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।


क्लिकमान्डु