दशकौपछि हवाई संजालमा युरोप जोडियो नेपाल



काठमाडौं ।  छिमेकी मुलुकको नाकाबन्दीको सामाना गरिरहेको कतार एयरवेजले काठमाडौै–दोहा–फ्रान्स उडान थाल्ने भएको छ । सोमबारबाट सुरु हुने उक्त उडान दैनिक हुने एयरवेजले जानकारी दिएको छ ।

नेपालबाट युरोप जाने र युरोपबाट नेपाल आउनेहरुको लागि सहज यात्रा हुने एयरवेजले जनाएको छ । कतार एयरवेजको यो उडानसंगै दशकौपछि काठमाडौं बाट युरोपको दुरी छोटिने भएको छ । जसबाट युरोपबाट नेपाल आगमन गर्ने युरोपियन पर्यटकहरुको लागि सहज हुने एयरवेजले जनाएको छ । हाल टर्किस एयरलाइन्सको मात्र स्तानाबुल–काठमाडौं सिधा उडान गर्दै आएको छ ।

कतार एयरवेजको काठमाडौं–दोहा–फ्रान्स उडानले युरोप यात्रा सहज बनाउने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम कमजोर हुदाँ नेपालसँग हवाई संजालमा युरोप जोडिन सकेको थिएन । हाल युरोप जानको लागि घन्टौ ट्रान्जिटमा बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुने भएको छ ।

कतार एयरवेजले दोहा–काठमाडौं हाल दैनिक ३ वटा उडान गर्दै आएको छ । साउदी अरब सहित छिमेकी मुलुकले नाकाबन्दी लगाएपछि कतार एयरवेज एसिया, युरोप सहित अमेरिकामा समेत आफ्नो उडानलाई आक्रमक विस्तारमा लागेको छ ।

साउदी अरबले गत जुन ५ बाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । इस्लामिक लडाकुलाई सहयोग गरे आरोप लगाउँदै साउदी अरबको नेतृत्वमा खाडीका छिमेकी मुलुक युनाइटेड अरव इमिरेट्स, बहराइन र इजिप्टले कतारसंग कुटनैतिक सम्बन्ध तोड्दै सिमा नाका बन्द गरेका छन । कतारी यात्रुवहाक विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न समेत रोकेका छन ।


क्लिकमान्डु