२ सय ३७ तहको मतपरिणाम सार्वजनिक कुन पार्टीको कति ?




काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बुधबार सम्पन्न भएका ३ सय ३४ तहमध्ये २ सय ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणमा सार्वजनिक भएका स्थान मध्ये १ सय २ स्थानीय तहमा नेकपा एमालेले जितेको छ । भने काँग्रेसले ९३ स्थानीय तहमा जितेको छ । त्यस्तैगरी माओवादी केन्द्रले ३१ स्थानमा जितेको छ । अन्य केही स्थानमा राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक फोरम, समाजवादी फोरम तथा राप्रपाले जितेका छन ।

मतगणना जारी रहेका बाँकी स्थानमा पनि एमाले र काँग्रेसबीचनै कडा प्रतिस्प्रर्धा देखिएको छ । जसमा एमाले ४३ स्थानमा अगाडी छ । भने काँग्रेस ३६ स्थानमा अगाडी देखिएको छ । यता माओवादी केन्द्र ९ स्थानमा मात्रै अगाडी रहेको छ ।

मरिणाम अनुसार प्रदेश नम्बरका १ मा एमाले ४४ तहमा जितेको छ । भने नेपाली काँग्रेसले २९ तहमा जित निकालेको छ । यता माओवादी केन्द्रले ८ तहमा जितेको छ । त्यस्तै प्रदेश नम्वर ५ मा मा पनि एमाले २५ तहमा जितेको छ । भने काँग्रेसले २३ तहमा जितेको छ । त्यस्तैगरी माओवादी केन्द्रले १७ तहमा जित हात पारेको छ । त्यस्तैगरी प्रदेश नम्बर ७ मा नेपाली काँग्रेसले ३५ स्थानीय तहमा जितेको छ । भने एमालेले २९ स्थानीय तहमा जितेको छ । त्यस्तैगरी माओवादी केन्द्रले ६ स्थानीय तहमा जितेको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्वका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा थिए । जसबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।


क्लिकमान्डु