खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो ।

यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर ७४ रुपैयाँ, खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर ८२ रुपैयाँ कायम भएको छ ।

निगमलाई अझै मासिक रु ४० करोड नाफा रहने प्रवक्ता पोखरेलले जानकारी दिए ।

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ ।


पुष्प दुलाल