कम्युनिष्ट गठबन्धनलाई पराजित गर्दै पाल्पा रामपुरमा कांग्रेसका थापा विजयी



काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेको छ ।

रामपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेद्वार रमण थापा विजयी भएका छन् । थापाले ८ हजार ८ सय ८५ मत ल्याए । एमाले र माओवादी गठबन्धनका उम्मेद्वार राजु श्रेष्ठले ७ हजार ६ सय ६७ मत ल्याए ।

रामपुर नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी विष्णुदेवी घिमिरे आचार्य ८ हजार ५ सय २८ मत ल्याएर विजयी भइन् । एमालेबाट उपप्रमुखकी उम्मेद्वार ७ हजार ९ सय २४ मत ल्याइन् ।

पाल्पा रामपुर एमालेको गढको रुपमा थियो । रामपुरको नतिजासँगै पाल्पामा स्थानीय तहको सबै ठाउँको परिणाम आएको छ । २ वटा नगरपालिकामा रामपुर कांग्रेसले जितेको छ भने सदरमुकाम तानसेन एमालेले जितेको छ । ८ वटा गाउँपालिकामा ५ वटा एमाले र ३ वटा कांग्रेसले जितेको छ ।


क्लिकमान्डु