सुनवल नगरपालिका मेयरमा व्यवसायी भरत थापा बिजयी



काठमाडौं । सुनवल नगरपालीकको मेयरमा नेपाली काँग्रेसका उमेद्वार भरत (भिम बहादुर) थापा बिजयी भएका छन् ।

थापा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । उनले ९७०७ मत ल्याई नेकपा एमलेका उमेद्वारलाई पराजित गरेका हुन् । उनका निकटम प्रतिद्धन्दी एमाले उमेद्वारले ९१८२ मत ल्याएका थिए ।

उपमेयरमा भने नेकपा एमालेका दधिराम अर्याल ९९१० मत ल्याई बिजयी भएका छन् ।


क्लिकमान्डु