९५ स्थानको मतपरिणाम घोषणा



काठमाडौं । निर्वाचन आयोगले यही असार १४ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत अहिलेसम्म ९५ वटा स्थानीय तहको परिणाम प्राप्त भएको जनाएको छ ।

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार आज दिउँसोसम्ममा ९५ स्थानको मतपरिणाम घोषणा भइसकेको छ । कुल ३३४ स्थानमा भएको निर्वाचनको हाल २३८ स्थानीय तहको मतगणना भइरहेको छ ।

ताप्लेजुङको याङमा मावि याङमाको मतपेटिका पनि सङ्कलन भई मतगणना सुरु भइसकेको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । नवलपरासीको बर्दघाट नगरपालिका- १२ को राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको खसेको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा दिएको सङ्ख्यामा १६ मत फरक परेकाको कारण स्पष्ट नभएसम्मका लागि स्थगित गरिएको मतगणना कार्य आज साँझ ७ बजे बस्ने सर्वदलीय बैठकपछि अघि बढ्ने जानकारी दिइएको छ ।


क्लिकमान्डु