भोजपुर नगरपालिकामा काँग्रेस ३६ मतले बिजयी



भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन् ।

गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भइन्। चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याइन् ।


क्लिकमान्डु