बिराटनगरमा मतान्तर फराकिलो पार्दै काँग्रेस



काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचन भएको एकमात्र महानगरपालिका बिराटनगरमा मतगणनाजारी रहेको छ । यहाँ सुरु देखिनै नेपाली काँग्रेसले अग्रता लिइरहेको छ ।

काँग्रेसका मेयर उमेद्वार भिम पराजुलीले १७४५ मत ल्याई अग्रता लिइरहेका छन् । उनलाई पक्षाइरहेका नेकपा एमाले र फोरम लोकतान्त्रीकका साझा उमेद्वार विनोद ढकालले १२२६ मत ल्याएका छन् ।

संघिय समाजबादी र माओवादी केन्द्रका साझा उमेद्वार उमेश यादबले ९९१ मत पाएका छन् ।

उपमेयरमा नेपाली काँग्रेसका उमेद्वार २५०९ मत सहित प्रतिस्पर्धी भन्दा निकै अगाडी रहेका छन् ।


क्लिकमान्डु