बिजी मलमा मोबाइल एक्सपोको अवधि एक साता थपियो



काठमाडौं । गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिती भएपछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

मलका अनुसार एक्स्पोअवधिभर जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ ।

असार ७ गतेबाट संचालनमा आएको एक्स्पोमा अवलोकनर्ताहरुको सहभागिता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

एक्स्पोमा न्युनतम १ हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीका लागि राखिएका छन् ।

एक्स्पोमा बिहीबारसम्म २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

मोवाइल एक्स्पो अवधिभर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने बताइएको छ।


क्लिकमान्डु