प्रदेश नम्बर ७ मा माओवादीले खाता खोल्यो, प्रतिस्प्रर्धी भन्दा दोब्बर मत ल्याई विजयी




काठमाडौं । प्रदेश नम्बर ७ को पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रले बिजय हाँसिल गरेको छ । केन्द्रले गाउँपालिका प्रमुख र उप प्रमुख दुबै पदमा बिजय हाँसिल गरेको हो ।

प्रमुखमा ओमप्रसाद घर्तीले २५५१ मत ल्याएर बिजयी भएका हुन् । उनको प्रतिस्प्रर्धी नेकपा एमालेका भीउमान घर्तीले १२६४ मत ल्याएका थिए ।

त्यसैगरी उप प्रमुखमा ओमकुमारी शाही मल्लले २६३५ मत ल्याई बिजयी भएकी हुन् । उनलाई पनि एमालेकी सिता घतानीले पक्षएकी थिइन् । उनले १४८२ मत ल्याएकी थिइन् ।


क्लिकमान्डु